कन्चटमा कोदालोले हानेर भाउजुको हत्या, देवर पक्राउ

जनकपुर– घर बनाउने विषयको विवादले उग्ररुप लिएपछि महोत्तरीमा एक ब्यक्तिले कोदालो प्रहार गरी भाउजुको हत्या गरेका छन्।
औरही नगरपालिका– ४ कबिलासाका ४५ वर्षीय रामरतन यादवले ५० वर्षिया भाउजु रितादेवीको कन्चट (टाउको) मा कोदालोले हिर्काएर हत्या गरेका हुन। बुधबार साँझ साढे ५ बजे कोदालो प्रहारबाट गम्भिर घाईते भएकी रितादेवीलाई उपचारका लागि रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक अस्पताल लगिएको थियो।
अस्पाल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलालप्रसाद जयसवारका अनुसार रामरतनलाई प्रहरीले पक्राउ गरेको छ।
मृतक दुई छोरासँगै बस्दै आएकी थिइन्। उनका श्रीमानको मृत्यु भईसकेको छ।
प्रतिक्रिया