सितापाईलामा कल्भर्टबाट कार खस्यो, समयमा उद्धार नहुँदा चालकको मृत्यु

काठमाडौं– काठमाण्डौंको सीतापाइलास्थित सिभिल होमनजिक कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार बा प्र०२७च ०४९१ नम्बरको कार राती छमछमे खोलाको कल्भर्टबाट खसेर दुर्घटना भएको हो।
दुर्घटनामा चालक नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो। दर्नाल आफैँले चलाएको कार दुर्घटनामा परेपछि आज बिहान मात्रै उनको उद्धार गरी मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया