काठमाण्डौंमा भारतीय भिखारीद्वारा लुटपाट, एक महिलासहित दुई जना पक्राउ

काठमाण्डौँ– काठमाडौँमा भिख माग्न आएका भारतीय नागरिक लुटपाटमा संलग्न हुने गरेको खुलेको छ। सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई भारतीय पक्राउ परेपछि यो तथ्य खुलेको हो।
पक्राउ पर्ने भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन्।
उनिहरुले सिन्धुली कमलामाई नगरपालिका १२ की ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ। सिन्धुली ति महिला हाल काठमाडौँ महानगरपालिका ३० स्थित सेतोपुल डेरा गरी बस्दै आएकी छिन्।
पीडितको घरमा भिख माग्ने बहाना बनाई पुगेका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको खबरपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान गरिरहेको पनि परिसरका एसपी नवराज अधिकारीले बताए।
प्रतिक्रिया