पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

पोखरा– कास्कीको पोखरा महानगरपालिका–१२, पुरनचौरमा विहिवार राती पहिरो खसेर घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ।
बिहीबार राति सवा १० बजे पहिरोले पुरिँदा ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित (चितवन घर) र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको हो।
उनीहरूको शव निकालिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको शर्माले बताए।
यसैगरी पोखरा–३२, चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन्।