बेपत्ता बसको खोजी गर्दा यात्रुको ट्राउजर र बसको पर्दा भेटियो

चितवन– चितवनमा पहिरोमा परेर वेपत्ता भएका २ वटा यात्रुबस र त्यससँगै हराएका यात्रुको खोजी गर्ने क्रममा सशस्त्र प्रहरीको गोताखोरले बसको पर्दा र एउटा ट्राउजर फेला पारेका छन्।

हुक लगाएर बसको खोजी गर्ने क्रममा पर्दा र एउटा ट्राउजर फेला परेको प्रहरीले जनाएको छ। उक्त पर्दा वीरगञ्जबाट काठमाडौ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्सको भएको बसका मालिकले बताएका छन्।

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा विहानै देखि यात्रुसहितका २ वटा बस बेपत्ता छन्। १२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जनाले वेपत्ता बस र यात्रुको खोजी गरिरहेका छन्।

सिमलतालमा आज बिहान करिब ३ बजे काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएको थियो।

दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन। तर, दुवै वसका सम्वन्धित निकायबाट प्राप्त चलान (यात्रुको लिष्ट) अनुसार ४५ जना यात्रु रहेको खुलेको छ। ३ यात्रुले बसको झ्यालबाट हामफालेर ज्यान बचाएका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट