पूर्वराज्यमन्त्री रायको हत्या प्रकरणमा ट्विस्टः अरुले हत्या गर्न लगाएको सहयोगीको बयान

जनकपुर– पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या प्रकरणले नयाँ मोड लिएको छ। रामचन्द्रको हत्या उनकै सहयोगी कविलासी नगरपालिका–३, मदनपुरका २१ वर्षीय रामउजैन रायले गरेको पाईएपछि आफुलाई अरु कसैले हत्या गर्न लगाएको उनले वताएका छन्।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा रहेको घरमा गत ६ साउनको राति ८० वर्षीय रायको हत्या भएको थियो। टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा रामचन्द्रको शव फेला परेको थियो।

दुई जना मात्रै वस्दै आएको घरमा रामचन्द्रको हत्या भएपछि प्रहरीले रामउजैनलाई नै केन्द्रमा राखेर अनुशन्धान सुरु गरेको थियो। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घट्नामा आफनो संलग्नता रामउजैनले स्विकारेका छन्।

अहिलेसम्मको सबुत प्रमाणले उनैले हत्या गरेको देखिएको र उनी आफैंले पनि अपराध स्विकार गरेको एक प्रहरी अधिकृतले वताए। धेरै बेरसम्म खुटा थिच्न लगाउने तथा काम गरिरहँदा गाली गर्ने गरेको उनले वताएका छन्। घट्नाको दिन पनि विवाद भएपछि फर्साले हानेर मारेको उनको बयान छ।

अर्कोतर्फ ‘गाउँकै अर्को मान्छेले मार्न भनेको’ भन्दै उनले नयाँ खुलासा गरेका छन्। घटनामा अरूको पनि संलग्नता हुने आशंका प्रहरीले पनि गर्दै आएको छ। अव थप कुरा पोलिग्राफ्र टेष्ट गरेपछि खुल्ने प्रहरीको भनाई छ। भेटिएका सबुत प्रमाणको फरेन्सिक रिपोर्ट आइसकेपछि घटनामा संलग्नलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

अनुशन्धानमा संलग्न प्रहरीका अनुसार हत्या गर्दा रगत लागेका कपडा रामउजैनले घर छेउमै फालेका थिए भने हत्यामा प्रयोग भएको फर्सा (उखु काट्ने बन्चरो आकारको हतियार) ५० मिटर पर बाँखघारीमा भेटिएको थियो।

पहिले इँटाभट्टीबाट इँटा ओसार्ने काम गर्ने रामउजैन पछि रामचन्द्रको घर रेखदेखका लागि वसेका थिए। तीन महिना अघि उनलाई रामचन्द्रको काठमाडौंस्थित घरमा लगिएको थियो। तर, उनको काममा चित्त नबुझेपछि डेढ महिनाअघि उनलाई रतनपुरमा सारिएको थियो।

रामउजैनले सुरुमा भने हत्यामा आफनो संलग्नता स्विकार गरेका थिएनन्। काल्पनिक रुपमा ३ जना ब्यक्ति र घट्ना तयार गरेर उनले प्रहरीलाई झुक्याउने प्रयास गरेका थिए। घट्ना भएको राती करिव ९ बजे ‘हाम्रो जग्गाको विवाद नमिलाई दिने ?’ भन्दै तीन जना ब्यक्ति आएको, उनीहरुलाई आफुले पानी खान दिएको, उनीहरुले यतै सुत्ने बताएपछि ओछ्यान मिलाई दिएको र रामचन्द्रले नै सुत्न जानु भनेपछि आफु छतमा गएर सुतेको भन्दै उनले प्रहरीलाई भ्रमित गर्न खोजेका थिए।

राति १२ बजेतिर आफू पिसाव फेर्न झर्दा रामचन्द्र सुत्ने कोठाको ढोका खुल्लै देखेपछि टर्च बालेर हेर्दा ओछ्यान छेउमा रगतले लतपतिएको अवस्थामा लडिरहेको देखेको उनले प्रहरीलाई बताएका थिए। तर, विभिन्न कोणबाट अनुसन्धान गर्दा उनले झुक्याउन खोजेको आशंका भएपछि प्रहरीले पक्रिाउ गरेको थियो।

घट्नाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट