पाठेघर फुटेर गर्भमा भएको ४२ हप्ते बच्चाको मृत्यु, हेलिकप्टरबाट आमाको उद्धार

इटहरी– पाठेघर फुटेर गर्भमा भएको बच्चाको मृत्यु भएपछि भोजपुरकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

भोजपुरको षडानन्द नगरपालिका–५ की ३३ वर्षीया नानीमैया मगरलाई जिल्ला अस्पताल संखुवासभाबाट आइतबार उद्धार गरिएको हो।

राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट महिलाको उद्धार गरिएको हो। जिल्ला अस्पतालका डा प्रदिप श्रीवालका अनुसार बिहान करिव ६ बजेदेखि अत्याधिक रक्तश्राब भएर उनको पाठेघर फुटेको थियो।

लगत्तै करिव ४२ हप्ताको शिशुको मृत्यु भएको थियो। जिल्लामा उपचार सम्भव नभएपछि उनलाई उद्धारका लागि हेलिकप्टर मगाईएको थियो। उनलाई थप उपचारका लागि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल थापाथली लगिएको छ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यबिधि अनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट