बन्चरोले कन्चटमा हानेर श्रीमतीको हत्या, १३ महिने छोरीको विचल्ली

काठमाण्डौं– मकवानपुमा एक युवकले सोमबार बेलुका बन्चरोले कन्चटमा हानेर श्रीमतीको हत्या गरेका छन।

कैलाश गाउँपालिका—५, काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्या गरेका हुन। पाख्रिनले लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेको जनाईएको छ।

छिमेकीले घटना थाहा पाएपछि मंगलबहादुरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए।

प्रहरीले राति नै मंगलबहादुरलाई पक्राउ गरेर पालुङस्थित प्रहरी हिरासतमा राखेको छ। वडाध्यक्ष छेकु लामाका अनुसार मंगलबहादुरले मानसिक रोगको औषधि सेवन गरिरहेको खुलेको छ। मंगलबहादुर र लक्ष्मीका १३ महिनाकी छोरी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट