हात्तीको बच्चा मृत्यु प्रकरणः विजुलीको धराप थापेको आरोपमा एक जना पक्राउ

विराटनगर– मोरङको बेलबारी नगरपालिका–३ मा हात्तीको बच्चा (छावा) मृत फेला परेको प्रकरण अनुशन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। विद्युतीय धरापका कारण छावा मरेको खुलेपछि धराप थापेको आरोपमा स्थानीय ४६ वर्षीय तेजबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।

मंगलबार बिहान स्थानीय विनोद थापाको टिकको बगानभित्र अन्दाजी २–३ वर्षको पोथी छावा मृत फेला परेको थियो। प्रारम्भिक अनुसन्धाका क्रममा न्याउरीमुसोका लागि थापेको विद्युती धरापमा परेर हात्ती मरेको देखिएको छ।

घटनास्थल राईको घरदेखि लगभग २० मिटरको दुरीमा छ। घरमा पालेका कुखुरा न्याउरीमुसोले खाएर दुःख दिएपछि पासो थापेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नतले जानकारी दिए।

सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख वन अधिकृत दिपेशकुमार मिश्रका अनुसार राईविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान सुरु भएको छ। पछिल्लो ७ महिनामा मोरङमा मात्रै ३ वटा जंगली हात्ती मरेका छन्।

गत ३० जेठमा सुन्दरहरैँचा नगरपालिका–६ मा भाले छावा मृत फेला परेको थियो भने १६ पुस ०८० मा सुन्दरहरैंचा–१० स्थित जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिव १२ वर्षको जंगली हात्ती मृत फेला परेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट