घोडासँग ठोक्किँदा घाईते मोटरसाइकल चालक आईसीयुमा, घोडाको मृत्यु

विराटनगर— मोरङको विराटनगरमा घोडा र मोटरसाइकल ठोक्किदा मोटरसाईकल चालक गम्भिर घाईते भएका छन्। घाईते मोटसाइकल चालक विराटनगर महानगरपालिका–३ का ३१ वर्षीय अमित झाको आईसियुमा उपचार भईरहेको छ।

मंगलबार राति करिब साढे ९ बजे विराटनगरस्थित एसियाटीक होटल नजिक पश्चिमतिरबाट पुर्व जाँदै गरेको प्र–१–०१–१५ प ५९६२ नम्बरको मोटरसाइकलले स्थानीय रविन काकीले पालेको घोडालाई ठक्कर दिएको थियो।

तीव्र गतिमा रहेको मोटरसाइकल ठोक्किएपछि चालक झा सडकमा बजारिएका थिए। उनलाई तत्कालै नोवेल अस्पतालमा भर्ना गरिएको छ। मोटरसाईकलको ठक्करबाट घोडा घट्नास्थलमै मरेको मोरङ प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट