देवरले साथीसहित बलात्कार गर्न खोजे, भाई फस्ने भएपछि डाक्टर श्रीमानले पनि पीडितको साथ छोडे

काठमाण्डौं– ललितपुरको कुपण्डोलस्थित घुसिंगलमा देवरसहित ३ जनाले बलात्कार गर्न खोजेपछि रौतहटकी ३० वर्षीया युवती अहिले न्यायको खोजिमा छिन्। यो लडाईमा उनलाई आफनै श्रीमानसमेतले असहयोग गरेका छन्।
उनका श्रीमान डाक्टर हुन्। उनी आफै पनि पिएचडी होल्डर हुन। पतिसँगै बस्ने र आफू पनि केही काम गर्ने मनसायले ३० असारमा राजधानी पुगेकी उनी भोलीपल्ट नै झण्डै देवरसहित ३ जनाको शिकार भईन।
हल्लाखल्ला गरेपछि छिमेकीको चहलपहलका कारण दुर्घटनाबाट त वचिन। तर, उनको यौनाङमा चोट लागेको छ। औला छिराउन खोजेका युवाहरुको प्रतिकारका क्रममा यौनाङसहित अन्य भागमा चोट लागेको उनको भनाइ छ। उनको पाटन अस्पतालमा उपचार भएको छ।
युवतीका अनुसार ३१ गते कोठामा पल्टिरहेकी थिईन। उनका श्रीमान कोठामा थिएनन्। उनका देवर पनि सँगै बस्दै आएका थिए। आँखा चिम्लिएको वेला पेटमा कसैले हात राखेको थाहा पाईन। आँखा खोलेर हेर्दा देवर र उनका साथी रौतहटको विश्रामपुर नगरपालिका– ४ घर भई हाल ललितपुर महानगरपालिका–२ बस्ने ३५ वर्षीय सचिन यादव थिए।
उठ्नै लाग्दा युवतीलाई दुवैले ओछ्यानमै लडाए। स्तन, पेटलगायत यौनाङ्गमा हात हाले। त्यही वेला देवरका अर्का साथी परोहा नगरपालिका–४ घर भई ललितपुर महानगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय विपुल यादव पनि कोठामा छिरे। तीनै जनाले मिलेर जबरजस्ती गर्न थाले। उनी चिच्याउन र प्रतिकार गर्न थालिन।
चिच्चाइरहँदा छिमेकीहरूले थाहा पाए। छिमेकी आउन थालेपछि देवरसहित तीनै जना भागेको उनले बताएकी छिन्। छिमेकी जम्मा भएपछि उनका श्रीमान पनि आए। उनी तत्काल प्रहरी कार्यालय सानेपा पुगिन। तर श्रीमानले नै प्रहरीलाई ‘घरायसी कुरा हो, हामी घरमै मिलाउँछौं’ भन्दै युवतीलाई फर्काए।
श्रीमानले घरायसी कुरा भनेपछि प्रहरीले लामो समयसम्म उनको जाहेरी लिनै मानेन। ५ दिनसम्म प्रहरी कार्यालय, सीडीओ कार्यालय र सरकारी वकिल कार्यालयमा धाउँदा–धाउँदा वल्ल उनको जाहेरी दर्ता भएको छ। तर, श्रीमानकै असहयोगका कारण प्रहरीले आरोपीलाई पक्राउ नगरेको उनको गुनासो छ।
श्रीमानले पनि साथ छोडेपछि अहिले उनी शंखमूलस्थित भाइको डेरामा वसेकी छिन्। उनका अनुसार श्रीमानले पारिवारिक घटना भएकाले मेलमिलाप गर्न दबाब दिइरहेका छन्। जाहेरी फिर्ता लिए घरमा भित्र्याउने बताएपछि उनी थप तनावमा छिन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जाहेरी दर्ता गरी आरोपीको खोजी गरिरहेको बताएका छन्। ‘जाहेरी आएपछि स्वास्थ्य परीक्षण गरेर, प्रक्रिया अनुसार नै अगाडि बढेका हौं, त्यसमा ढिला चाँडो भन्ने कुरा नै हुँदैन। प्रक्रिया अनुसार नै अगाडि बढेका छौं।’– उनले भने। प्रहरीले स्थानीय प्रहरी र छिमेकीसँग घटनाबारे सोधपुछ गरिरहेको उनले वताए।