सेफ्टी ट्याङ्की बनाउने क्रममा निसास्सिएर तीन जनाको मृत्यु

काठमाण्डौं– नवलपरासी पूर्वमा सेफ्टी ट्याङ्की भित्र काम गर्ने क्रममा बेहोस भएर तीन जना कामदारको मृत्यु भएको छ।
विनयी त्रिवेणी गाउँपालिका–७ रानीनगरका भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको शौचालयको सेफ्टी ट्याङ्कीभित्र काम गर्दै गर्दा बेहोस भएका उनीहरुको अस्पतालमा मृत्यु भएको हो।
मृत्यु हुनेमा घरधनी भोला सिंहका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, सोही ठाउँका १८ वर्षीय गणेश बोगटी र नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–७ का २८ वर्षीय मोहम्मद राजा छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार तीनै जनाको उपचारका क्रममा रुपन्देहीका विभिन्न अस्पतालमा मृत्यु भएको हो।
शुक्रबार बिहान ११ बजेतिर उनीहरू बेहोस भएर लडेका थिए। घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया