निजगढमा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेर भाग्दै गरेका राजविराजका विमल पक्राउ

जनकपुर– बारामा ३५ वर्षीया महिलाको उनकै श्रीमानले हँसियाले हानेर हत्या गरेका छन्।
सप्तरीको राजविराज नगरपालिका–८ घर भई निजगढ नगरपालिका–९, भवरा चौकमा बस्दै आएका ४५ बर्षिय बिमल बस्नेतले श्रीमती ३५ बर्षीया सिता राई (लक्ष्मी) को हत्या गरेका हुन।
मंगलबार राती करिब ८ बजे बस्नेतले घरमै रहेको हसियाँ प्रहार गरी सिताको हत्या गरेको प्रहरीले जनाएको छ। बाथरुममा शौच गर्न गएकी श्रीमतीलाई बस्नेतले त्यही आक्रमण गरेका थिए।
छुट्याउन गएका १७ र १५ बर्षीया छोरीहरु गंगा र जमुना घाईते भएका छन्। उनिहरुको बिरगन्ज मेडिकल कलेजमा उपचार भईरहेको जनाईएको छ। भाग्दै गरेका बिमललाई प्रहरीले पक्राउ गरेको छ।
घटनास्थलबाट हत्यामा प्रयोग भएको हसियालगायतका सामाग्री बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सुमित कुश्वाहाले बताए। हत्याको कारण खुलेको छैन।
२ छोरीकी आमा सिताले बिमलसँग ६/७ वर्षअघि दोस्रो विवाह गरेर बस्दै आएकी थिइन्। दुई छोरीहरु सिताका पहिलो श्रीमान्बाट जन्मेका हुन्।