आमाको किरिया गर्न बसेका रैकाल बलात्कार आरोपमा पक्राउ, प्रहरीले कोराभित्रैबाट उठायो
 
 
													काठमाण्डौं– डोटीमा आमाको किरिया गर्न कोरामा बसेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई प्रहरीले बलात्कार आरोपमा आईतबार दिउँसो पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय आर्दशको टोलीले रैकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए।
रैकालले ३१ भदौमा २० वर्षीया किशोरीलाई बालात्कार गरेको र उनको साथबाट ३० हजार रुपैयाँसमेत लुटेको आरोप छ।
बलात्कारको घटनापछि उनी फरार भएका थिए। तर, शनिबार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान मात्र घर आएका हुन।
आमाको दाहसंस्कार सकेर किरिया बसेपछि पुगेको प्रहरी टोलीले उनलाई कोराभित्रैबाट पक्राउ गरेको हो। उनी जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा छन्।
							प्रतिक्रिया
							
		
	
						
					लोकप्रिय
 
 
											सप्तरीमा प्रदेश सांसद किरणकुमारी साहद्वारा सासु–ससुरामाथि ज्यादती, घरबाट निकालिएपछि १५ दिनदेखि भौतारिँदै वृद्ध दम्पती
 
 
											
 शीर्ष खबर
								शीर्ष खबर 							 
  
  
  
  
  
  
  
  
  
  
 