इलाममा श्रीमान श्रीमती नै मृत फेलाः श्रीमतीको शव बाटोमा र श्रीमानको शव रुखमा झुण्डिएको भेटियो

दमक– इलामको सन्दकपुरमा एक दम्पती मृत फेला परेका छन्। सन्दकपुर गाउँपालिका–१ भित्तेका करिव ४६ वर्षीय उजबहादुर राई र उनकी श्रीमती करिव ४० वर्षीया फुलमाया मृत अवस्थामा फेला परेका हुन्।

उजबहादुर घरबाट करिब १ सय मिटर दक्षिण खोल्सामा रहेको निवाराको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् भने फुलमायाँको शव घरदेखि करिव १५/२० मिटर दक्षिणमा गोरेटो बाटोमा लडिरहेको अवस्थामा फेला परेको छ। फुलमायाँको टाउकामा पछाडिपछि गहिरो चोट छ।

वडाध्यक्ष रहरकुमार राईका अनुसार घरमा अजबहादुर र फुलमाया दुई जना मात्रै वस्दै आएका थिए। उनीहरुका जेठा छोरा वैदेशिक रोजगारमा र कान्छा छोरा रोजगारकै लागि फिक्कलमा छन्। घट्नाको अवस्था हेर्दा उजबहादुरले श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ।

वडाध्यक्ष राईले विहान करिव ७ बजे घटनाका बारेमा प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट