थाइ एयरवेजको जहाज मिस एप्रोच भएर ‘ओभरसुट’, २ घण्टा आकाशमै होल्ड

काठमाण्डौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगातारको वर्षाले हवाई सेवा प्रभावित भएको छ। जसका कारण कयौं आन्तरिक उडानहरु अवरुद्ध भए भएका छन् भने अन्तर्राष्ट्रिय उडान पनि मुस्किलले सञ्चालनमा छन्।

मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्। आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन्।

खराब मौसमका कारण थाइ एयरवेजको जहाज अवतरण हुन नसकेर करिव २ घण्टासम्म आकाशमै होल्ड गर्नु परेको छ। थाइ एयरवेजको विमान झण्डै दुई घण्टा निजगढमाथिको आकाशमा फन्का मारेर २ बजेर २० मिनेटमा अवतरण भएको हो।

एक पटक अवतरणको प्रयास गरेको उक्त विमानले ‘मिस एप्रोच’ भएर ‘ओभरसुट’ गर्नु परेको थियो। यसैगरी इन्डिगो एयरको विमानले पनि लामो समय आकाशमा फन्को लगाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट