शुक्रबारदेखि वेपत्ता बस झ्याप्ले खोलाको पहिरोमा भेटियो, १३ जनाको शव निकालियो

काठमाडौँ– नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालिएको छ। फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने अनुमान छ।
खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो। अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो। फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन।
सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ। गोरखाको लापुबेंसीबाट छुटेको बा ४ ख २२७० नम्बरको बस शुक्रबार रातीदेखि सम्पर्कविहीनभएको थियो।
झ्याप्ले खोलाले हिजो पनि दुई वटा बस पुरेको थियो। ती बसबाट १४ जनाको शव निकालिएको थियो। त्यसमध्ये एउटा माइक्रोबस (हायस) चितवनबाट काठमाडौं आइरहेको बा ३ ज १३४५ नम्बरको रहेको खुलेको छ।
यो पनि,
प्रतिक्रिया