पहिरोमा परेका कोरियन नागरिकको उद्धार गर्न गएका नेपाली सेनाका कर्णेलकै मृत्यु

काठमाडौँ– सिन्धुपाल्चोकको पहिरोमा परेकाका विदेशी नागरिकको उद्धार गर्न पुगेका नेपाली सेनाका सेनानी (कर्णेल) मिलन केसीको मृत्यु भएको छ।

सुनकोशी गाउँपालिका–४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत केसी र अन्य दुई कोरियन नागरिक रिसोर्टमा पुगेका थिए। त्यतिबेलै पहिरो गएको थियो।

पहिरोबाट जोगिएर सेनानी केसी सुरक्षित स्थानमा पुगेपनि कोरियन नागरिक पहिरोमा फसेका थिए। उनीहरुको उद्धारका लागि पुन पहिरो गएको क्षेत्रमा जाँदा केसीसहित तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रिसोर्टबाट १६ जनाको उद्धार गरिएको थियो। अझै एक जना फसेको आशंकामा खोजतलास भइरहेको खड्काले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट