इटहरीको रेडिमेड कपडा उद्योगमा आगलागी हुँदा पौने ३ करोडको क्षति
इटहरी- सुनसरीको इटहरी–३, त्रिवेणी चौकमा रहेको रेडिमेड कपडा उद्योगमा आगलागी हुँदा करिव ३ करोडको क्षति भएको छ।
गएराति करिव १२ वजे पासाङ शेर्पाको ‘शेर्पा रेडिमेड कपडा उद्योग’ मा आगलागि भएको हो। सुरक्षानिकाय, इटहरी, दुहवी, सुन्दरहरैचा र रामधुनीका गरी ४ वटा दमकल र स्थानीयको प्रयासमा करिव डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।
आगलागीबाट २ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। विद्युत सर्ट भएर आगलागी भएको जनाईएको छ।
प्रतिक्रिया
लोकप्रिय
गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्यभन्दा बलियो ‘चलखेल’: २४ घण्टा पनि टिकेन मेसु हटाएर निमित्त दिने निर्णय

