झापामा माछा मार्न गएका ब्यक्ति बालुवाले पुरेको अवस्थामा बगरमा मृत भेटिए

दमक– झापामा माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका एक ब्यक्ति मृत फेला परेका छन्।
शुक्रबारदेखि वेपत्ता भएका कमल गाउँपालिका–१ का ३५ वर्षीय मुसे (टिकाराम चौधरी) तीन दिनपछि आज विहान करिव ८ वजे मृत फेला परेका हुन। उनको शव घटनास्थलदेखि करिब ३ किलोमिटर दक्षिण सोही खोलाको बगरमा फेला परेको हो।
बालुवाले पुरिएको अवस्थामा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनी शुक्रबार साँझ ७ बजे कमल–१ स्थित कृष्णे खोलामा माछा मार्ने क्रममा खोलामा डुबेका थिए।
यसअघि जमुना खोलाले बगाएको दुई दिनपछि कचनकवल गाउँपालिकाकी १५ वर्षीया बालिका नेहारिका राजवंशी आइतबार मृत भेटिएकी थिइन्। यसैगरी, गौरीगञ्ज गाउँपालिका २ बगहाचौरीस्थित किस्ने खोलाको पुलबाट हाम फालेका केमालाल ताजुरियाको पनि शनिबार साँझ शव भेटिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया