इन्धनको मुल्य घट्योः पेट्रोलमा १ र डिजलमा २ रुपैयाँ कम, ग्याँसको मुल्य यथावत

काठमाडौँ– नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटेको हो।

घटेको मुल्य आज राति १२ बजेबाट लागु हुनेछ। निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेलमा २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ ६ तथा बाह्यतर्फ प्रतिहजार लिटरमा ४५ रुपैयाँ र मट्टीतेलमा २ रुपैयाँ मुल्य घटाइएको जनाएको छ।

एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ। भारतबाट ४१ रुपैयाँ बढेर आएपछि चाडपर्वलाई लक्षित गरी मुल्य यथावत राखिएको निगमले जनाएको छ। निगमले चाडपर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने पनि जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट