बीपी राजमार्गमा कहाँ कहाँ छ क्षती ? यसरी खोलिँदैछ ट्रयाक

काठमाण्डौं– बीपी राजमार्ग ठाउँ ठाउँमा क्षती भएको छ। नेपालथोक–धुलीखेल खण्डको दुम्जा प्रहरी चौकीनजिक रोशी खोलाले सडक खोलामै खसालेको छ।

यहाँ बीपी राजमार्गको १ सय मिटरसडक रोशी खोलाको बाढीले बगाएको छ। मंगलबारदेखि रोशी खोलालाई डाइभर्ट गरेर ट्रयाक खोल्न सुरु गरिएको छ। ट्रयाक खुलेपछि नेपालथोक–धुलीखेल खण्ड मंगलटारसँग सञ्चालन हुनेछ।

नेपालथोक बाहेक यो खण्डमा ६ ठाउँमा रोशीको बाढीले कालोपत्रेसहितको सडकमा पूर्ण क्षति गरेको छ। नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारशमणि हमालले बताए।

सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा करिब आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ। रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुनामा करिव २ सय मिटर सडक पूर्ण रूपमा क्षति भएको छ।

थली बेसीमा २ सय मिटर र नार्के पुलनजिक २ सय मिटर बाढीले बगाएको छ। हमालका अनुसार भकुण्डबेसी हुँदै रोशी खोलासम्म आउँदा बीचमा १० किलोमिटर क्षेत्रमा बगाएको सडकमा ट्रयाक खोल्नुपर्ने देखिएको छ।

यो खण्ड ५० किलोमिटर छ। बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिबास सडकको तीन खण्ड सञ्चालनमा रहेको उनले बताए। ११० किलोमिटर सडकमा यातायात सञ्चालन रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको हमालले जानकारी दिए।

सिन्धुलीतर्फ नेपालथोक–खुर्कोट खण्डको सुनकोसी गाउँपालिका दुम्जा, कमेरेफाँट र टुपीडाँडामा बाढीपहिरोले क्षति गरे पनि सडक सञ्चालनमा आइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट