बेच्न राखेको समोसा र लिटीमा किरा, यसअघि पनि भेटिएको थियो किरा र कपाल
लहान– सिरहाको लहानमा होटलमा बेच्न राखिएको समोसा र लिटीमा किरा फेला परेको छ। लहान नगरपालिकाले मंगलबार गरेको वजार अनुगमनका क्रममा यस्तो अवस्थामा खानेकुरा फेला परेको हो।
नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो। उपमेयर रामचलितर महतोको नेतृत्वमा भएको अनुगमनका क्रममा ‘माखन भोग होटल’ को खानेकुरा कुहिएको र किरा लागेको अवस्थामा फेला परेको हो। समोसा र लिटीमा किरा फेला परेको उपमेयर महतोले वताए।
किरा फेला परेको लिटी र समोसा जफत गरी नष्ट गरिएको छ। १ लाख २५ हजार ६८० रुपैयाँ बराबरको कोक, स्प्राइट र वियर नष्ट गरेको छ। बाँकी म्याद सकेका पेयपदार्थ पनि तीन दिन भित्र खाली गर्न निर्देशन दिएको उपमेयर महतोले बताए। खाली नगरे पुनः अनुगमन गरी कारबाही थालिने उनको भनाई छ।
यो होटलमा पटक पटक खाने कुरामा किरा फेला पर्ने गरेको जनाईएको छ। यो घटनासहित ४ पटक खानेकुरामा किरा र कपाल फेला परेको जनाईएको छ। छ। त्यस्तै कृष्णा सप्लायर्समा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको अनुगमन टोलीले जनाएको छ।