झापामा बसले ठक्कर दिएरपछि घाईते भएका मोटरसाईकल चालकलाई पुनः किचेर मारेको खुलासा

दमक — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका–५ मा मोटरसाईकललाई ठक्कर दिएको यात्रु बसले घाईते चालकलाई दोहोर्‍याएर किचेर मारेको खुलेको छ।

रवि पेट्रोल पम्पनजिकै शनिबार दिउँसो बसको ठक्करबाट घाईते मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का ५५ वर्षीय पदम मुकारुङ राईको मृत्यु भएको हो। बसले ठक्कर दिएपछि घाईते भएका राईलाई पुनः किच्याएपछि घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए।

प्रहरीका अनुसार दमकबाट बिर्तामोड जाँदै प्रदेश न. १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशामा जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

घाईते मोटरसाइकल चालकलाई किचेर मारेको दृश्य देखेपछि आक्रोशित स्थानीयले बसमा ढुंगामुढा गरेका थिए। केही स्थानीयले बसमा आगजनीसमेत गरेका थिए। आगजनीमा बसमा सामान्य क्षति भएको छ। दुर्घटनापछि केही समय राजमार्गसमेत अवरुद्ध भएको थियो।

प्रहरीले तत्काल बैकल्पिक मार्गको प्रयोग गरी यातायात सञ्चालन गरेपनि अहिले भने नियन्त्रणमा आईसकेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले बस चालक गौरादह नगरपालिका–१ का ३५ वर्षीय संजय नेपालीलाई पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट