राप्ती नदीमा नुहाउन गएका ३ जना बालिकाको डुवेर मृत्यु

काठमाडौँ– दाङको लमही नगरपालिका–२, रनियाँपुरका ३ जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको छ। नुहाउन गएका उनीहरुको नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

प्रहरीका अनुसार लमही नगरपालिका–२ रनियाँपुरकी झरना चौधरी (१२), निशा चौधरी (१२) र गढवा गापा–४ खडकपुर घर भई हाल लमही नगरपालिका–५ लमही गल्ली बस्ने कृष्टी चौधरी (१२) को मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाका अनुसार कृष्टी गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको कक्षा ८ मा, झरना राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित मार्टिन एकेडेमीको कक्षा ४ मा र निशा सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए।

तीनै जना बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको थापाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट