सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, घाईते ९ जना मध्ये केहीको अवस्था गम्भिर

काठमाडौँ– सल्यानको कपुरकोट गाउँपालिका–६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुका दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। घाईते ९ जना मध्ये केहीको अवस्था गम्भिर छ।
बेलुका करिव ६ बजे साँगुरो सडकबाट करिव १ सय ५० मिटर तल खसेर ट्रक उत्तानो परेको छ। दुर्घटनामा स्थानीय गोबद्र्धन खडका (१४) र डिल्ली भनिने अनिल भण्डारी (१२)को मृत्यु भएको प्रहरीले जनाएको छ।
खुमा बस्नेत (१३), सृजना बस्नेत (१३), नन्दा बस्नेत (३५), जीतसागर बस्नेत (१७), संजीव बस्नेत (१७), शंकर खडका (२९), देवबहादुर बस्नेत (३५), हिक्मत थापा )२२) र गाडी चालक मानबहादुर भण्डारी (२४) घाईते भएका छन्।
घाइते सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर लगिएको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर रेसम बहादुर खत्रीले बताए।