इटहरीमा मोटरसाईकल र स्कुटर ठोक्किँदा ससुराको मृत्यु, वुहारीसहित ३ जना गम्भिर घाईते

इटहरी– सुनसरीको इटहरीमा विहिबार मोटरसाइकल र स्कुटर ठोक्किँदा स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएक छन्।

इटहरी उपमहानगरपालिका–१३, खनारस्थित काली मन्दिर अगाडि बेलुका करिव ५ बजे प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र मे ४ प ८९१ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा स्कुटर चालक स्थानीय ५४ वर्षीय गोपाल रिजाल, उनकी वुहारी ३३ वर्षीया बबिता रिजाल, मोटरसाइकल चालक कोसी गाउँपालिका–८ का २६ वर्षीय आशिक आलम र पछाडि बसेकी इटहरी–१४ का २५ वर्षीया विनिता पाठक घाइते भएका थिए।

टाउको र हातखुट्टामा गम्भीर चोट लागेका गोपाल र बविबतालाई उपचारका लागि विराटनगर स्थित विराट टिचिङ हस्पिटल र आशिक र विनितालाई विराटनगरकै गोल्डेन हस्पिटल लगिएको थियो। उपचारकै क्रममा साँझ करिव ६ बजे गोपालको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

उनकी वुहारी बबिता, आशिक र विनिताको उपचार भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *