सीके राउतकी पत्निको नाममा कस्ले गरिरहेको छ ठगी ? फेसबुकबाटै आयो चेतावनी (भीडीओसहित)

राजविराज– जनमत पार्टीका अध्यक्ष सीके राउतकी पत्नि सोनी सिन्धु रानीको वैंक चेकबुक देखाएर ठगी धन्दा चलिरहेको खुलासा भएको छ। सोनीसिन्धुले नै बुधबार सामाजिक सञ्जाल फेसवुकमा एउटा भीडीओ पोष्ट गर्दै यस्तो खुलासा गरेकी हुन।

आफनो चेकबुक देखाएर ठग्ने धन्दा वन्द गर्न र ठगेको पैसा फिर्ता गर्न उनले चेतावनी दिएकी छिन्। भीडीओ अनुसार उनको नामबाट लाखौंको ठगी भईरहेको छ।

‘एउटा मान्छेले मलाई ऋण दिनको लागि मेरो चेकवुकको फोटो लिनु भएको थियो। अनि त्यो मान्छेले मेरो चेकवुकको फोटो देखाएर अर्का कतिजना मान्छेहरुबाट कति लाख रुपैयाँ ठगी गर्नु भएको छ। म कृपया तपाईहरुलाई अनुरोध गर्न चाहान्छु, त्यस्तो मान्छेहरुको फेलामा नपर्नोस। अनि आफनो दिएको पैसा फिर्ता लिईहाल्नोस’ उनले भनेकी छिन्–‘यस पालोमा त म त्यो मान्छेको नाम भन्दिन तर, अर्को पालोमा वहाँको नाम पनि भन्छु। मेरो चेकवुक देखाएर मलाई पनि वदनाम गरिरहेको छ, चन्दाको नाममा। मेरो चेकवुक देखाएर अर्काहरु मान्छेबाट ठगी गरिरहेको छन्। त्यही भएर कृपया आफनो पैसा फिर्ता लिईहाल्नोस, अनि त्यस्तो–त्यस्तो मान्छेबाट सावधान र सतर्क बस्नोस। धन्यवाद।’

एक जना मानिसले ऋण दिन भन्दै मसँग मेरो चेकवुकको फोटो खिचेको थियो। सोही चेकवुक देखाएर चन्दाका नाममा अहिले ठगी गरिरहेको छ’ उनले भनेकी छिन्–‘त्यस्तो कार्य वन्द नगरे अर्को भीडीओ मार्फत नामसमेत सार्वजनिक गर्छु।’

उनले यही कुरा भीडीओसँगैको स्ट्याटसमा पनि लेखेकी छिन्। ‘यो भिडियो मार्फत मेरो नाम अन्यथा मेरो चेकबुक मिसयूज गर्ने मान्छेलाई चेतावनी छ। कृपया ठगेको पैसा फिर्ता दिहाल्नोस। अन्यथा अर्को पालोमा ठग्ने मान्छेको नामसहित भीडीओ हाल्छु।’– उनले लेखेकी छिन्।

उनको चेक देखाएर कस्ले ठगी गरिरहेको छ र कसरी ठगीरहेको छ भन्ने खुलेको छैन।

भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट