झापामा अटोरिक्सा र जिप ठोक्किएर दुर्घटना हुँदा एक किशोरीको मृत्यु, तीन जना घाइते

दमक — मेची राजमार्ग अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा अटोरिक्सा र जिप ठोक्किएर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङको मृत्यु भएको हो। प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नम्बरको जिप ठोक्किएर उक्त दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन्।
घाईतेहरुको बधुबारेस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया