चार दिनदेखि वेपत्ता नारायण मृत भेटिए, इनारमा भेटियो शव

जनकपुर– धनुषामा चारदिनदेखि वेपत्ता ३३ वर्षीय युवक मृत फेला परेका छन्।

मिथिला नगरपालिका–८ गुम्बा टोलका नारायण घिसिङको शव घर छेउकै इनारभित्र भेटिएको छ। इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर जटाशंकर यादवका अनुसार नारायण चारदिनदेखि सम्पर्कविहिन थिए।

खोजतलासका क्रममा सोमबार साँझ इनारबाट दुर्गन्ध आएपछि इनारभित्र टर्च बालेर हेर्दा शव फेला परेको उनको भनाई छ। देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

मंगलबार बिहान सशस्त्र प्रहरीको टोलीले नारायणको शव इनारबाट वाहिर निकालेको छ। शवलाई पोष्टमार्टमका लागि महोत्तरीको बर्दिवासस्थित बर्दिवास अस्पताल पठाईएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *