सीके राउतको पार्टीका निलम्वित कोषाध्यक्ष ठगी आरोपमा सप्तरीबाट पक्राउ

राजविराज — डा. सीके राउत नेतृत्वको जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

ललितपुर प्रहरी परिसरको पत्रपछि ठगी तथा आपराधिक विश्वासघात मुद्दामा उनलाई आइतबार पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले वताए।

पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवको जाहेरीमा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता भएको छ। सोही जाहेरीका आधारमा ललितपुर जिल्ला अदालतवाट जारी पक्राउ पुर्जीका आधारमा यादवलाई नियन्त्रणमा लिइएको खतिवडाले बताए।

उनलाई ललितपुर पठाउने तयारी भईरहेको छ। पार्टीको कोषमा अनियमितता गरेको तथा पार्टी र अध्यक्षविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै जनमत पार्टीले यादवलाई केही समयअघि निलम्बन गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट