ताप्लेजुङमा एमाले कार्यकर्ताबीच कुर्षी हानाहान, दुई समुहको भिडन्त

विराटनगर– ताप्लेजुङमा एमालेका कार्यकर्ताहरुबीच शुक्रबार आपसमै झडप भएको छ। पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नयाँ कार्यसमिति चयनमा मतभेद भएपछि दुई समूहबीच कुर्सी हानाहान भएको हो।

अध्यक्ष मण्डलले अदाधिकारी तथा सदस्यको नाम घोषणा गरेपछि एउटा समुहले असन्तुष्टि जनाएको थियो। खास गरी सचिवको विषयमा मतभेद भएको जनाईएको छ। असन्तुष्ट समुहले एकलौटी नाम घोषणा गरेको भन्दै प्रतिक्रिया जनाएको छ।

अध्यक्ष मण्डलका एक जना सदस्यका अनुसार शुक्रबार पुनः सुरु गर्ने गरी विहिबार राति बन्दसत्र स्थगित गरिएको थियो। तर, शुक्रबार अध्यक्ष मण्डलले बन्दसत्र सुरु गरेन। त्यसपछि असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरेर बन्द सत्र सुरु गर्न दबाब दियो।

२० माघ ०८० मा भएको एमाले जिल्ला अधिवेशनपछि ताप्लेजुङ स्पष्ट दुई समुह सकृय छन्। पार्टी अधिवेशनमा डम्बरध्वज तुम्बाहाम्फे र बलबहादुर साम्सोहाङबीच प्रतिस्पर्धा भएको थियो। जसमा साम्सोहाङ समूह पराजित भएको थियो।

तुम्बाहाम्फे समूहले मानिक तुम्बाहाम्फेलाई अध्यक्ष बनाउन खोज्यो भने साम्सोहाङ समूहले स्विकार गर्यो। तर, उपाध्यक्ष र सचिवमा क्रमशः आफ्नो समूहका दिलकुमार सुनुवार र प्रकाश एभेङलाई राख्न प्रस्ताव गर्यो।

तर, मानिक समूहले प्रकाशलाई उपाध्यक्ष र डेभिड लिम्बूलाई सचिव बनाउन खोजेपछि विवाद भएर झडप भएको हो। यस विषयमा अध्यक्ष मण्डलको कुनै प्रतिक्रिया आएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट