गोरखामा ४ म्याग्निच्युडको भूकम्प, क्षतिको जानकारी छैन

काठमाडौँ– गोरखा जिल्लामा आज बिहान भूकम्प गएको छ। गोरखाको हंसपुर आसपासलाई केन्द्रविन्दु बनाएर बिहान सवा ६ बजे भूकम्प महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको हो। बिहानैको समयमा हल्का धक्का महसुस भए पनि अहिलेसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ।
प्रहरीले विभिन्न स्थानीय युनिटहरूमा सम्पर्क गरेर अवस्था बुझ्ने कार्य भइरहेको जनाएको छ। यसअघि पनि गोरखा क्षेत्रमा सानातिना भूकम्पका धक्का महसुस हुने क्रम जारी रहेकाले स्थानीयहरू सतर्क बनेका छन्।
प्रतिक्रिया