काठमाडौँमा मोटरसाइकल दुर्घटना, उदयपुरकी एक महिलाको मृत्यु

काठमाडौँ — काठमाडौँको चुच्चेपाटी भाटभटेनी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उदयपुर घर भई हाल साँखु बस्दै आएकी ३५ वर्षीया उषा तामाङ गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटी पु¥याइएको भए पनि उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ।
दुर्घटनापछि प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान थालेको छ। मोटरसाइकल कसरी अनियन्त्रित भयो भन्नेबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ।
प्रतिक्रिया