भोजपुरमा ट्याक्टर दुर्घटना: चालकसहित २ जनाको मृत्यु, ४ जना घाइते
विराटनगर — भोजपुरको षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ जाँदै गरेको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
प्रदेश १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर बिहान करिब ११ बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ। ट्याक्टर खसेपछि घटनास्थलमा तत्कालै उद्धार कार्य सुरु गरिएको थियो।
भोजपुरका डीएसपी राजु लामाका अनुसार मृत्यु हुनेमा चालक स्थानीय २५ वर्षीय आइतबहादुर तामाङ र सहचालक भोजपुर अरुण गाउँपालिका–४ का १७ वर्षीय नवीन तामाङ छन्।
दुर्घटनामा सवार दाछिरी शेर्पा, २३ वर्षीय अम्बर तामाङ, सागर तामाङ र सुनिता तामाङ घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि षडानन्द नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्याक्टर सडकको भीरबाट तल खस्दा गम्भीर क्षति भएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
लोकप्रिय
झापा हत्या प्रकरणः सरोज शर्माको योजनाबद्ध हत्या आरोपमा दुई पक्राउ, आरोपीको घरमा तोडफोड, आगजनी प्रयास असफल

