धरानमा चोरी गर्ने युवकलाई स्थानीले बिजुलीको पोलमा बाँधेर दिए यातना

धरान — सुनसरीको धरान उपमहानगरपालिका–१५, कृष्ण चेम्जोङ टोलमा शनिबार बिहान भाँडाकुँडा चोरी गर्ने एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएर बिजुलीको पोलमा बाँधेर यातना दिएका छन्।

चोरीमा संलग्न २४ वर्षीय सविन लिम्बूलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईका अनुसार लिम्बूले स्थानियका घर–घरबाट भाँडा–वर्तन चोरी गर्दै आएका थिए।

चोरी गरिएका केही सामग्री प्रहरीले बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा लिम्बू चोरीको क्रममा लागुऔषध सेवन गरी नशामा रहेको पाइएको छ। प्रहरीले लिम्बूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट