श्रीमतीको हत्या आरोपमा ४९ वर्षीया श्रीमान पक्राउ
विराटनगर– संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया मिङ्माछिकी शेर्पाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका ४८ वर्षीय श्रीमान तेम्बा रिन्जे शेर्पालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ९ बजे तेम्बा रिन्जेले मादक पदार्थ सेवन गरी श्रीमती मिङ्माछिकीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर बनेकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले तेम्बा रिन्जे शेर्पालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। श्रीमतीको मृत्यु हुने गरी भएको कुटपिटको कारण र घटनाको विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ। प्रहरीले अनुसन्धानबाट खुल्ने तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रतिक्रिया

