जंगली जनावरको चोरी शिकारीमा संलग्न पूर्वडीआईजीसहित ९ जना फेरी पक्राउ, पूर्वउपसभामुखका छोरा फरार

राजविराज– अवैध चोरी शिकारीमा संलग्न भई पक्राउ परेर जिम्मा जमानीमा छोडिएका पूर्वडीआईजी ज्ञानविक्रम शाहसहित ९ जनालाई प्रहरीले फेरी पक्राउ गरेको छ। १० जना मध्ये हनुमाननगर कंकालिनी नगरपालिका–८ निवासी पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा ३७ वर्षीय आकाश बहडखेर यादव भने फरार भएका छन्।

बाकी ९ जनालाई भने प्रहरीले आईतबार विभिन्न स्थानबाट पक्राउ गरी सव–डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाउने तयारी गरेको छ। पक्राउ पर्नेमा पूर्व डिआईजी ६१ वर्षीय शाह र वर्दिवासमा कार्यरत सई ४४ वर्षीय सञ्जय न्यौपानेसहित छन्। शाह सुनसरीको इटहरी उपमहानगरपालिका–२ र न्यौपाने विराटनगर उपमहानगरपालिका–३ का निवासी हुन।

यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका–२ का ५१ वर्षीय जर्नादन राउत, वडा नं.–५ का २३ वर्षीय ओमशंकर प्रसैला, वडा नं–१ का ५० वर्षीय लक्षमण मण्डल, वडा नम्बर–३ का ५१ वर्षीय शंकर खिडहरी यादव, तिरहुत गाउँपालिका–२ का ५१ वर्षीय लक्षमण मण्डल, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र इटहरी–२ का ३३ वर्षीय प्रदीप लिम्बु पनि पक्राउ परेका छन्।

वुधबार पक्राउ पर्दा उनीहरुसँग वरामद भएको को २ त ६९ नम्बरको ट्रयाक्टर, प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो, १ थान २२ क्यालीवरको राइफल, २ थान म्यागजीन, १५ राउण्ड गोली, ३ थान वाइनाकुलर, १ थान ट्राइपोर्टलगायतका हातहतियार पनि वन कार्यालयको जिम्मा लगाउनले तयारी छ।

१२ भदौको मध्यराति मारिएको बँदेल, राईफल र गोलीसहित उनीहरुलाई इलाका प्रहरी कार्यालय कन्चनपुरका इन्स्पेक्टर सुशान्त मिश्र नेतृत्वको टोलीले हनुमाननगर कंकालिनी नगरपालिका–१, कोसीपलार क्षेत्रबाट पक्राउ गरेको थियो। प्रहरीले उनीहरुलाई उन्मुक्ति दिन खोजेको थियो। एउटै घट्नालाई दुईटा बनाईयो। पहिलो– ‘बँदेल वेवारिसे फेला परेको’ र दोस्रो–‘पूर्वडीआईजीसहितको टोली हातहतियार बोकेर हिडिरहेको अवस्थामा पक्राउ परेको’ काल्पनिक घट्ना तयार गरी सवैलाई बिहीबार साँझ जिम्मा जमानीमा छोडिएको थियो।

तर, चौतर्फी विरोध र शिलशिलेवार समाचारका कारण प्रहरी दबाबमा परेको थियो। त्यसैले उनीहरुलाई पुनः पक्राउ गरी बन कार्यालयको जिम्मा लगाउन खोजिएको हो। यसअघि प्रहरीको दबाबमा हतार–हतार गाडिएको बँदेल पनि गाडेको ठाउँमा खाल्टो खनेर निकालिएको छ।

इलााका प्रहरी कार्यालय कन्चनपुरले बेवारिसे अवस्थामा मरेको बँदेल फेला परेको पत्रसहित पठाएपछि सव डिभिजन वन कार्यालयलय कञ्चनपुरले खाल्टो खनेर बँदेल गाडेको थियो। प्रहरीको दबाबका कारण पोष्टमार्टम समेत नगरी गाडिएको बँदेल ४ दिनपछि उत्खनन गरेर निकालिएको हो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट