रुबी हत्या प्रकरणका आरोपी लक्ष्मण पासवानको मृत्यु

राजविराज– रौतहटको चर्चित रुबीकुमारी साह हत्या प्रकरणका आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ। पासवानको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार उनको उपचारकै क्रममा बुधबार मृत्यु भएको हो। पासवान रौतहटको बुधबार विहान माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचामा जलेर गम्भीर घाइते अवस्थामा भेटिएका थिए।
गत शनिबार साँझ गौर बजार जान्छु भनेर डेराबाट निस्किएकी माधवनारायण नगरपालिका(६ माधोपुरकी २६ वर्षीया रुबी साहको शव सुटकेसभित्र प्याक गरिएको अवस्थामा भेटिएको थियो। उनी आईतबार भारतको मुजफ्फरपुरस्थित रोक्साटोल घर जाने तयारीका लागि अनुहारमा फेसियल गर्न पार्लर गएकी थिइन्।
उनी फेसियल गरेर बाहिरिएपछि लक्ष्मणले आफ्नो डेरामा बोलाई रुबीको हत्या गरेको आरोप छ। सो घटनामा आरोपीका रूपमा पासवानलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको समयमा उनको मृत्यु भएको हो।
यो पनि
- रुबी साह हत्या प्रकरणः आमाले पैसावालसँग सुत्न बाध्य बनाएको र देवरले ब्ल्याकमेल गरेको आरोप
- हातमा रुबीको नामको ट्याटु, छातीमा उनकै फोटोः प्रेमीकाको हत्या गरेपछि लक्ष्मणको विलौना– अव म बाँचेर के गर्नु ?
- विद्यालयदेखिको प्रेम, कोर्ट म्यारिज, विछोड र हत्याः यस्तो छ रुबी साहको हत्या प्रकरणको नालीबेली
- रुबीको हत्या गौरमै भएको खुलासा, हत्या गरेर आरोपी लक्ष्मण पासवान फरार
- रुबीको हत्या प्रकरणः प्रेमीमाथि परिवारको शंका, शव बोक्न प्रयोग भएको इ–रिक्सा चालक पक्राउ
- रौतहटमा सुटकेसभित्र मृत फेला परेकी रुबीको भारतमै हत्या भएको आशंका, फेला परेन मोवाईल
- बन्द सुटकेसभित्र मृत फेला परिन रुबिकुमारी, सल र डोरीले बाँधेर कस्ले फाल्यो सडक किनारमा ?