डेंगुका कारण विरामीको मृत्यु भएको एक महिनापछि अस्पतालमै पसेर डाक्टरमाथि कुटपिट

हेटौंडा– डेंगुका कारण विरामीको मृत्यु भएको एक महिनापछि उपचारमा लापरवाही गरेको भन्दै हेटौडामा दुई जना डाक्टर कुटिएका छन्।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीलाई युवाहरुको समूहले कुटपिट गरेको हो।

डेंगु र श्वासप्रश्वासको समस्या लिएर उपचारमा आएका एक बिरामीको सञ्चो अस्पतालमा उपचारपछि चितवन लगिएको थियो। विरामीको उपचारका क्रममा त्यही मृत्यु भएको थियो। सोही विषयमा एक महिनापछि आएर डाक्टरमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै अस्पताल भित्रै दुई जनामाथि डाक्टरमाथि एक्कासी कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट