नेम्वाङको शोक प्रस्ताव पारित गर्न राष्ट्रियसभा बैठक बोलाइयो

काठमाडौं– बिहीबार दिउँसो २ बजेर ३१ मिनेटका लागि राष्ट्रियसभाको बैठक बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले वैठक बोलाईएको जानकारी दिएका छन् ।

बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङ निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको मंगलबार निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट