विज्ञान, गणित र कम्प्युटर विषय नेपालीमा पढाउन नपाइने

काठमाण्डौं– संसदमा दर्ता भएको शिक्षा विधेयक पास भएर आएपछि गणित, विज्ञान र कम्प्युटर विषय नेपाली भाषामा पढाउन नपाउने भएको छ।

यी विषयहरु अंग्रेजी भाषामा मात्र पढाउने व्यवस्था विधेयकमा राखिएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई सम्बोधन र एकीकरण गर्न बनेको विधेयक बुधबार संसद् सचिवालयमा दर्ता गरिएको छ ।

विधेयकमा भनिएको छ–‘शिक्षणको माध्यम भाषा नेपाली, संस्कृति, मातृभाषा वा अंग्रेजी हुन सक्ने, त्यसमध्ये गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा अध्यापन गराउनु पर्ने।’

सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषामा अध्यापन गराउनु पर्ने व्यवस्था विधेयकमा छ । ‘यसबाट पठनपाठन प्रभावकारी हुनुका साथै उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेलाई सहज हुन जानेछ’ विधेयकमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट