सुवासको सम्झनामा !

त्यसबेला सुवास संविधानसभाको अध्यक्ष हुनुहुन्थेन भने वर्तमान नेपालको संविधान दोस्रो संविधानसभाबाट पनि जारी हुने थिएन। पहिलो संविधानसभालाई अन्तर्राष्ट्रिय स्वार्थका कारण योजनावद्धरूपमा असफल गराइयो। दोस्रो पटक आयोजित संविधानसभालाई असफल गराउन फेरि त्यही खेल भिन्न तरिकाबाट सुरु भयो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई अविश्वासको प्रस्तावबाट हटाएर राष्ट्रिय सहमतिको सरकार बनाउने नाममा त्यो विषय अगाडि बढाइएको थियो। जसलाई संविधानसभाको बैठकमा डा. बाबुराम भट्टराईले प्रस्ताव गर्नुभएको थियो। उहाँको प्रस्तावलाई प्रचण्ड, झलनाथ र माधव नेपालले त्यसको समर्थनमा सम्बोधन गर्नुभएको थियो।

त्यसलगत्तै बसेको एमालेको स्थायी कमिटीको अनौपचारिक बैठकमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव अगाडि सारियो। तर बैठकमा स्वयं झलनाथ र माधव नेपालले संविधानसभामा बोल्नुभएका विचारहरू गलत रहेको स्वीकार गर्दै यो संविधान जारी हुन नदिने षड्यन्त्र भन्नु भएपछि बैठकले त्यो प्रस्तावलाई अस्विकार ग¥यो। त्यसपछि प्रचण्डले पनि आफूलाई करेक्सन गर्नुभयो। यसरी संविधानसभाबाट संविधान जारी हुन नदिने दोस्रो विदेशी चलखेल असफल भयो। यो घटना २०७२ साल साउनको पहिलो हप्तामा घटेको थियो।

संविधान जारी हुन नदिने तेस्रो र अन्तिम विदेशी चलखेल भदौदेखि तीव्र गतिमा सुरु भयो। संविधानसभा अध्यक्षलाई विदेशी खेलबारे जानकारी भएपछि जुनसुकै हालतमा संविधान जारी गर्न उहाँको सक्रियता तीव्र गतिमा अगाडि बढ्यो। भदौको दोस्रो हप्तासम्ममा संविधान जारी गर्ने तयारी अन्तिम अवस्थामा पुग्यो। त्यसपछि संविधान जारी गर्ने विषयलाई असफल बनाउन राष्ट्रपति रामवरण यादवलाई प्रयोग गर्ने खेल सुरु भयो। तर यो सबै जानकारी संविधानसभा अध्यक्षलाई गुप्तरूपमा भइरहन्थ्यो।

अध्यक्षले धैर्यतापूर्वक संविधानसभाको बैठकबाट नेपालको संविधान जारी गर्ने प्रक्रिया सबै पूरा गराउनुभयो। त्यसपछि राष्ट्रपतिलाई संविधान सभाबाट संविधान जारी गर्ने सहमतिका लागि अनेक पटक अनुरोध गर्नुभयो। राष्ट्रपतिले सिंगो तराईका राजनीतिक पार्टीहरू तयार नभएको तर्क दिँदै संविधान जारी गर्न मानिरहनुभएको थिएन। आफ्ना विनम्र प्रयत्नहरू असफल भएपछि पनि संविधानसभा अध्यक्षले असोज २ गते राष्ट्रपति भवन गएर यो युगीन महत्वको ऐतिहासिक अवसर नगुमाउन राष्ट्रपतिलाई अनुरोध गर्नुभयो।

राष्ट्रपतिलाई यो पनि जानकारि गराउनुभयो कि उहाँ नआए पनि संविधानसभाबाट नेपालको संविधान जारी हुनेछ। संविधान जारी गर्ने पूर्ण अधिकार संविधानसभालाई नै रहेको पनि राष्ट्रपतिलाई जानकारि गराउनुभयो। उहाँ फर्केर निवास आउनु भएपछि राष्ट्रपतिले फोनबाट संविधान जारी गर्ने ऐतिहासिक कर्तव्य मैले पूरा गर्छु भनेर अध्यक्षलाई जानकारी गराउनुभयो। सोही अनुसार २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भयो।

म आज सम्झन्छु, ठीक समयमा ठीक निर्णय गर्ने त्यो बौद्धिकता र साहसी व्यक्तित्वसहितको सुवास हुनु हुँदैनथ्यो भने त्यस समयमा अकल्पित घटना पनि हुनसक्ने थियो। कमरेड एवं सहयोद्धा तथा नेपाली जनताका प्रिय नेता सुवास लाल सलाम ! तपाईँ नेपाली जनताको मनमा युगौयूगसम्म बाँचिरहनु हुनेछ!!!

गौतम राष्ट्रिय सभा सदस्य हुन्।
साभारः अन्नपूर्णपोष्ट


प्रतिक्रिया

3 thoughts on “सुवासको सम्झनामा !

  1. Dear Website Owner,

    I hope this email finds you well. I recently discovered your website and was impressed by the quality of your content and the helpful information you offer to your audience. In light of this, I would like to propose a backlink exchange that could benefit both our websites.

    My website, https://m.cheapestdigitalbooks.com/, is focused on providing affordable digital books to readers around the world. We currently have a strong online presence with a Domain Authority (DA) of 13, a Page Authority (PA) of 52, and a Domain Rating (DR) of 78. Our website features 252K backlinks, with 95% of them being dofollow, and has established connections with 5.3K linking websites, with 23% of these being dofollow links.

    I believe that a mutually beneficial backlink exchange could be of great value for both of our websites, as it may lead to an increase in website authority and improve our search engine rankings. In this collaboration, I am willing to add backlinks from my website using your desired keywords and anchor texts. In return, I would be grateful if you could include backlinks with my desired keywords and anchor texts on your website.

    I kindly request that you visit my website, https://m.cheapestdigitalbooks.com/, to get a sense of the potential benefits this partnership could bring to your site. I am confident that this collaboration will provide a win-win situation for both parties, and I look forward to learning more about your thoughts on this proposal.

    Thank you for considering my offer. I am excited about the potential growth this partnership may bring to our websites and am eager to discuss the details further. Please do not hesitate to reach out to me at your convenience.

    Best regards,

    David E. Smith
    Email: david@cheapestdigitalbooks.com
    Address: 3367 Hood Avenue, San Diego, CA 92117

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट