शेखर कोईरालाको गुटको वैठकबाट विचैमा किन निस्किए गगन थापा ?

काठमाण्डौं– महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाको आपसी तिक्तताका कारण लामो समय बस्न नसकेको नेपाली कांग्रेस इतर समुहको वैठक मंगलवार वसेको छ।

नेता डा. शेखर कोईरालाले मंगलबार वोलाएको उक्त वैठकले सरकारको विकल्प खोज्नु पर्ने निस्कर्ष निकालेको छ। सरकारको काम चित्तवुझ्दो नभएको भन्दै पुस्पकमल दाहाल नेतृत्वको सरकारको विकल्प खोज्नु पर्ने निस्कर्ष वैठकले निकालेको एक नेताले वताए।

उक्त वैठकमा सोही गुटका शीर्ष नेता अर्जुनरसिंह केसी र बलबहादुर केसी पनि सहभागी भएनन्। यसअघि आफ्नै निवासमा शेखरबाहेकको बैठक राखेका केसी शेखरले बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा बोलाएको भेलामा भने गएनन्।

वैठकमा सरकारको कामको समीक्षा र कोशी प्रदेश सरकार गठन र पार्टीका विभाग गठनलगायका विभिन्न विषयमा छलफल चलिरहेकै बेला महामन्त्री गगन थापा पनि निस्किएका थिए। नेता केसी र महामन्त्री थापा काठमाडौं महानगरपालिकाको वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको १३ औं पुण्य तिथिको सभामा सहभागी हुन गएको बताइएको छ।

शेखरले वैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदसय प्रदीप पौडेल पनि बोलाएका थिए। तर, उनीहरु पनि सहभागि नभएनन्। पौडेल दुई दिने कार्यक्रमका लागि आजै चीन जानुपर्ने भन्दै वैठकमा आएनन भने विश्व प्रकाशले औपचारिक वैठक अघि गुटको वैठकमा नवस्ने जनाउन दिए।

शर्माले शेखर गुटको वैठकअघि फेसबुक र ट्विटरमा लामो स्टाटस लेख्दै बैठकमा सहभागी नहुने संकेत गरेका थिए। उनले गुटको भेलामा रमाउनेभन्दा पनि समाजमा बढेको असन्तुष्टि र वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना गर्नतर्फ केन्द्रित हुनुपर्ने जनाएका थिए।

भेलामा शेखर कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल लगायतको सहभागीता थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट