रेवती र नाबालिका छोरीको हत्या पूर्वप्रेमीले गरेको पुष्टि, हत्याकै लागि दुबईबाट नेपाल

काठमाण्डौं– भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु शरीर जलेको अवस्थामा मृत भेटिए। घट्नाको अवस्था हेर्दा ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका गरियो।
तर घटना अनुसन्धान गर्दै जाँदा प्रहरीले आमा छोरीको मृत्यु नभई हत्या भएको संकेत पायो। हत्यामा रेवतीका पुर्व प्रेमी नै संलग्न भएको आधारहरु फेला परेपछि सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २९ वर्षीय कर्णबहादुर बस्नेत पक्राउ परेका छन्।
उनीहरुको फेसबुकबाट चिनजान सुरु भएको थियो। फेसवुकमै प्रेम झांगियो। कर्ण बिबाहित र रेवती अबिबाहित थिए। प्रेम उत्कर्षमा पुगेपछि शारीरिक सम्वन्ध राखे र त्यसको फोटो भिडियो पनि खिचे। अश्लिल फोटो भिडियो दुवैसँग थियो।
दुवैबीच विवाह गर्नेसम्मको कुरा भएको थियो। तर, बस्नेत वैदेशिक रोजगारीका लागि सन् २०१८ (०७५) मा दुबई गए । त्यसपछि रेवतीले त्रिवेणी गाउँपालिका २ झालेढुंगाका सुकलाल थापासँग बिबाह गरिन् । रेवतीको बिबाहलाई कर्णले धोका दिएको ठाने। र रेवतीसँग रिस बदला लिने योजना बनाए।
करिब दुई वर्षअगाडि उनीहरुको विभिन्न माध्यमबाट सम्बन्ध पुनः स्थापित भयो। तर, धोका दिएको वुझाई तथा रेवतीसँग भएका अश्लील तस्वीर र भिडियोको विषयले दुवैबीच मनमुटाव बढ्न थाल्यो। फोटो र भिडियो रेवतीका पतिले पनि भेटे। उनीहरुको पनि सम्वन्धमा दरार आयो।
यो प्रकरण बढ्दै जाँदा करिब ८ महिनाअगाडिदेखि नै बस्नेतले रेवतीको हत्या गर्ने योजना वनाए। दुबईमै रहेको समयमा नेपाल फर्कनासाथ हत्या गर्ने योजना अनुसार करिब चार महिनाअघि हत्या गर्नकै लागि बिदा मागे। तर बिदा पाएनन।
विदा स्विकृत भएपछि भदौ २६ गते दुबईबाट नेपाल। दुई दिन घरमै बसे। २९ गते श्रीनगर बजारसम्म गाडीमा गए। पेट्रोल र सलाई खरिद गरेर मृतक रेवतीको गाउँ पुगे। राती करिब १० बजे मृतक रेवतीको घरभित्र पसी सुरुमा घाँटीमा कपडाले कसेर लडाए। त्यसपछि शरीरमा पेट्रोल छर्कीएर आगो लगाएपछि रेवती र ओछ्यानमा सुतिरहेकी नौ महिनाकी छोरी रितुको मृत्यु भयो। हत्या गरेपछि नजिकै एक जनाको घरमा बास बसी बिहान ४ बजेतिर आफ्नो घरतिर फर्केको प्रहरीको विस्तृत अनुसन्धानले देखाएको छ ।
उनी तुरुन्तै दुवई फर्किने तयारीमा थिए। तर, प्रहरीको अनुशन्धान वढ्दै जाँदा उनले त्यो मौका पाएनन्। प्रहरीले बस्नेतलाई बुधबार शिद्धकुमाक गाउँपालिका–३ ढोरचौरबाट प्रक्राउ गरेको हो। वस्नेतका श्रीमति, एक छोरा र एक छोरी रहेको प्रहरीले जनाएको छ।