सप्तरीबाट जाँदाजाँदै एसपी कार्कीको वदमासी, सामुदायिक सेवा केन्द्र खारेज गर्न सिफारिस

राजविराज– शक्तिको उन्मादमा पदको दुरूपयोग गर्दै आएका सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले सरुवा भएर जाँदाजाँदै सप्तरीका पत्रकार र सामुदायिक सेवा केन्द्र सप्तरीप्रति आक्रोश पोखेका छन्।

पत्रकार, अधिकारकर्मी र नागरिक समुदायप्रति पूर्वाग्रही भएरै ६ महिने विवादित कार्यकाल बिताएका एसपी कार्कीले सामुदायिक सेवा केन्द्र सप्तरी नै खारेज गर्न सिफरिश गरेर हिँडेको तथ्य फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका असई राजेश्वर महतोले सप्तरीका पत्रकार मनोहर पोखरेललाई मरणासन्न हुनेगरी कुटपिट गरेको विषयमा सामुदायिक सेवा केन्द्रले विज्ञप्ति निकालेर विरोध जनाएको आक्रोशमा सेवा केन्द्र नै खारेज गर्ने सिफारिश गरेको हिडेको प्रहरी स्रोतले नै जनाएको छ।

एसपी कार्कीको भदौ १५ गते मधेस प्रदेश प्रहरी कार्यालयको सुरक्षा गणमा सरुवा भएको थियो। उनी २० दिनपछि बिहीबार साँझ मात्र सप्तरीबाट विदा भएका छन् । उनी जाने दिन नै उनले सेवा केन्द्र खारेज गर्ने सिफारिश गरेर हिडेको प्रहरीको भनाई छ।

एसपी कार्कीले सामुदायिक सेवा केन्द्रको नियमित वैठक, दर्ता, नविकरण नदेखिएको, आफैमा विवादित रहेको, पदाधिकारीबाटै शान्ति सुरक्षामा गम्भिर असर पर्ने तथा प्रहरीविरुद्ध अभिव्यक्ति दिएको, सरकारी निकायसँग राय नलिई भ्रामक पोष्टहरू सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसलाई उत्तेजित बनाउने अभिव्यक्तिसहितको पोष्ट गरेको आरोप लगाएका छन् ।

संस्थाका अध्यक्ष धिरेन्द्र दास गत जेठमा मात्र निर्विरोध निर्वाचित भएका थिए। समितिका हरेक निणर्यहरू सर्वसम्मतले हुँदै आएकोले समितिमा कुनै विवाद नरहेको उनले प्रष्ट पारे । संस्था दर्ता र नविकरण तथा मासिक वैठक नियमित भइरहेको जानकारी दिदै अध्यक्ष दासले विधान बमोजिम संस्थाले गर्ने निणर्य कार्यसमितिबाट हुने गरेको जानकारी दिए ।

यता, एसपी कार्कीले आफ्नो फेसबुक स्टाटसमा सञ्चारकर्मीको भूमिकामा पनि गम्भिर प्रश्न उठाएर गएका छन्। पत्रकारको खोल ओढेर विचौलियाको भुमिकामा माहिर २–४ जना खेलाडीबाट जोगिन अपिल गरेका उनको फेसबुक स्ट्याटसमा सप्तरी जिल्लालाई व्यङ्य समेत गरिएको छ। उनले लेखेका छन् –‘सप्तरीलाई कालो सूचीमा राख्न सफल महान व्यक्तित्वहरूले सिर्फ एकपटक मात्र ऐना हेर्ने चेष्टा गरेमा जिल्लाका सबै नागरिकप्रति न्याय हुने थियो कि ।’

उनी स्वयम्ले भने फेसवुकमा भुमिगत नाम राखेका छन्।

सम्वन्धित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट