चितामा जलाउन ठिक्क पारेको शव प्रहरीले उठायो, घाँटीमा निलडाम देखियो

मलंगवा– सर्लाहीको रामनगरमा बुधबार दिउँसो चितामा आगो लगाउनै लागेका वेला प्रहरीले एक महिलाको शव उठाएर प्रहरी कार्यालय लगेको छ। महिलाको हत्या भएको आशंकामा प्रहरीले अनुशन्धानका लागि शव नियन्त्रणमा लिएको हो।

स्थानीयका अनुसार रामनगर गाउँपालिका–१ खैर्वा बस्ने सुनिल साहकी श्रीमती २१ वर्षिया मनिषा साहको शव मनुष्मारा खोलामा लगेर जलाउन ठिक्क पारिएको थियो। तर, अचानक पुगेको प्रहरीले महिलाको शव नियन्त्रणमा लिएको उनीहरुले वताए।

शंकास्पद मृत्युको सूचना आएपछि अनुशन्धानका लागि शव नियन्त्रणमा लिईएको एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार महिलाको घाँटीमा निलडाम देखिएकाले पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ ।

अनुसन्धानका लागि महिलाका श्रीमान सुनिल, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट