जलहरी प्रकरण अनुशन्धानको नेतृत्व गरेका सहसचिवको निधन

काठमाण्डौं– पशुपतिनाथ मन्दिरमा लगाईएको जलहरी प्रकरण अनुशन्धानको नेतृत्व गरेका सहसचिव शेरजङ कार्कीको निधन भएको छ। उनको शुक्रवार विहान नर्भिक अस्पतालमा निधान भएको हो।
केही महिनाअघिसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका कार्कीकै नेतृत्वमा जलहरी प्रकरण छानविन भएको थियो। नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल पुर्याईएको थियो।
अस्पताल पुर्याउँदा नै उनको निधन भईसकेको मिश्रले वताए। राष्ट्रपति कार्यालयमा कार्यरत एक अधिकृतका अनुसार बिहीबार साँझ कार्कीलाई वान्ता पनि भएको थियो।
हाल उनी राष्ट्रपति कार्यालयमा कार्यरत थिए । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव वसन्तप्रसाद पन्थीका अनुसार कार्की गत असार २० गतेदेखि त्यहाँ हाजिर भएका हुन।
५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।