जीप दुर्घटनामा २ जनाको मृत्यु, दुई जनाको अवस्था गम्भिर

काठमाण्डौं– सल्यानको छत्रेश्वरी गाउँपालिका ५ तिर्पोलेको भित्री कच्ची सडक खण्डमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शारदा नगरपालिका–१५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ तिमिलेकी ७६ वर्षीया ध्रुवी बोहरा रहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट उद्वार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा दुवै जनाको बाटैमा मृत्यु भएको हो। दुर्घटनामा अन्य १७ जना घाइते छन्। दुई जनालाई जिल्ला बाहिर रिफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
शारदा नगरपालिका १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप शुक्रबार बेलुका सडकदेखि ६० मिटर तल खसर दुर्घटना भएको हो। प्रहरीले दुर्घटनाको कारण अत्यधिक लोड भएको अनुमान गरेको छ।
प्रतिक्रिया