बोरामा पोको पारेर पोखरीमा फालेको अवस्थामा शव फेला, केही ब्यक्ति पक्राउ

राजविराज– सप्तरीमा एक ब्यक्तिको शव बोरामा पोको पारेर पोखरीमा फालेको अवस्थामा फेला परेको छ।
खडक नगरपालिका– ११ बनौलीस्थित पोखरीमा शनिबार बिहान शव फेला परेको हो ।
स्थानीय रामप्रसाद यादवको घरछेउको पोखरीमा बोराभित्र सडेगलेको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ।
तत्काल शवको सनाखत हुन नसकेको सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेले वताए। कसैले हत्या गरी बोरामा हालेर पोखरीमा फालेको हुनसक्ने अनुमान गरिएको छ ।
स्थानीयले भने मृतक १२÷१३ वर्षको बालक हुन सक्ने आशंका गरेका छन्। उनीहरुका भदौ २१ गतेदेखि स्थानीय मो. अजिम वेपत्ता छन्। उनकै शव हुन सक्ने सम्भावना रहेको स्थानीयको अनुमान छ।
प्रहरीले शंकास्पद ४÷५ जनालाई अनुशन्धानका लागि पक्राउ गरेको छ। तर, यसको विस्तृत जानकारी दिएको छैन।
प्रतिक्रिया